कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शितलहरले सप्तरीमा थप २ को मृत्यु

पछिल्लो दुई हप्तामा सप्तरीमा मात्रै २७ को ज्यान गयो
अवधेशकुमार झा

राजविराज — दुई सातादेखि बढेको जाडो र शितलहरका कारण शनिबार सप्तरीमा दुई वर्षे बालकसहित थप २ जनाको मृत्यु भएको छ । यो समेत जिल्लामा पछिल्लो २ हप्तामा शितलहरका कारण मर्नेको संख्या २७ पुगेको छ । 

शितलहरले सप्तरीमा थप २ को मृत्यु

जिल्ला प्रहरीका डिएसपी धु्रवकुमार श्रेष्ठका अनुसार शनिबार रुपनी गाउँपालिका ८ रायपुरका २ वर्षीय बालक शिवम् पासमानको चिसोका कारण मृत्यु भएको छ ।


पासमानको परिवार अति विपन्न छ ।


यस्तै डाकनेश्वरी नगरपालिका ८ की सुगावतीदेवी सरदारको जाडोका कारण कठयाग्रिंएर मृत्यु भएको डिएसपी श्रेष्ठले जनाए ।


प्रकाशित : पुस २९, २०७४ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?