कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी : प्रधानमन्त्री

डीआर पन्त

धनगढी — प्रधानमन्त्री शेरबहादुर देउवाले तिन दिनभित्रै प्रदेश प्रमुख र राजधानी तोक्ने बताएका छन् ।

तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी : प्रधानमन्त्री

कैलालीको गोदावरीमा वाह् राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिलेसम्म दलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र राजधानी तोक्न ढिलाइ भएको बताए । प्रधानमन्त्रीले भने, ‘अब सहमति भएपनि नभएपनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने छ ’।


निर्वाचनमा कसैको बहुमत आएको छैन, संसद गठन भएको छैन कसलाई सत्ता सुम्पने ? प्रधानमन्त्री देउवाले भने ‘कानुनी प्रक्रिया, संविधानको दायरा केही नबुझीकन सत्ता हस्तान्तरणको राग मात्र अलापेर हुँदैन’। 'को हो प्रधानमन्त्री हुने ? कानुनसम्मत रुपमा अगाडि आउनु पऱ्यो म एक मिनेटमै सत्ता छोड्न तयार छु' देउवाले भने ।


राष्ट्रियसभा निर्वाचन छि संसदले पूर्णता पाउने भएकाले त्यसपछि मात्र नयाँ सरकार गठन हुने देउवाले बताए । कैलालीको गोदावरी तीर्थस्थलमा आयोजित सभामा प्रधानमन्त्रीले यस क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्व बोकेका क्षेत्रहरुको विकासका लागि आफ्नो सदैव प्रयत्न रहिरहने प्रतिबद्धता ब्यक्त गरे ।


उक्त अवसरका गोदावरीधाम विकास समितिका अध्यक्ष वरिष्ठ साहित्यकार पदमराज जोशी, सांसद नारदमुनी राना र गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले प्रधानमन्त्रीलाई गोदवारीधाम विकासका लागि सरकारले गुरुयोजना निर्माण गरी काम थाल्न आग्रह गरेका थिए ।

प्रकाशित : पुस ३०, २०७४ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?