कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुरकर्मीलाई आक्रमण गर्नेविरुद्ध मुद्दा

आँबुखैरनी — समाचार संकलन गर्न क्रमका कान्तिपुर दैनिकका गोरखा संवाददाता सुदीप कैनीलाई आक्रमण गर्ने ५ जनाविरुद्ध मंगलबार सार्वजनिक अपराधमा मुद्दा लगाइएको छ ।

ईलाका प्रहरी कार्यालय तनहुँ आँबुखैरनीले सोमबार नै प्रक्राउ गरेका आक्रमणमा संकलनविरुद्ध कैनीले मुद्दा दर्ता गराएका हुन् । पत्रकार महासंघ गोरखाका अध्यक्ष किशारजङ्ग थापाको नेतृत्वमा गएको पत्रकारको टोलीले मुद्धा दर्ता गराएको हो । मुद्दा दर्तापछि घटनामा संलग्नहरुलाई म्याद थप गर्न र आवश्यक कारबाही अघि बढाउन सदरमुकाम दमौली लगिएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए ।


गोरखा र तनहुँको सिमानामा पर्ने मर्स्‍याङ्दी नदी दोहनको समाचार संकलन गर्न गएका पत्रकारलाई सोमबार दिउँसो आँबुखैरनी गाउँपालिका-३ का रघुपति केसी, शिवजी केसी, रामकृष्ण केसी, सुवास केसी, गुरु बा भनिने रञ्जित श्रेष्ठले कुटपीट गरी घाइते बनाएका थिए । संवाददाता कैनीको साथमा रहेको क्यामेरा र मोबाईलमा समेत क्षति पुगेको थियो ।


घटनालगत्तै पीडित पत्रकारको ठाडो निवेदनका आधारमा उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको थियो ।

प्रकाशित : माघ २, २०७४ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?