कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताजा जनादेशलाई सरकारले टेरेन : महरा

पोखरा — माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनेमा कुनै द्विविधा नभएको बताएका छन् । छुट्टै पार्टी, बिचार, संगठनलगायत भएकाले केही समय ढिलाई भएको भन्दै उनले पार्टी एकता भएरै छाड्ने जनाएका हुन । 

ताजा जनादेशलाई सरकारले टेरेन : महरा

‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको जनादेशले पनि पार्टी एकता हुनैपर्छ,’ पत्रकारसंगको भेटमा बुधवार महराले भने, ‘दुवै पार्टीबीच खुलेर कुराकानी भएर पार्टी एकता हुनैपर्छ ।’ यसकालागि दुवै पार्टीका अध्यक्षबीच कुराकानी भइरहेको उनको भनाई थियो ।

महराले ताजा जनादेशलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले नटेरेको बताए । राजीनामा दिएर अर्को सरकार गठनकालागि बाटो दिनुपर्नेमा विभिन्न संवैधानिक अवरोध देखाएर सत्ता लम्बाउने खेल भइरहेको उनको टिप्पणी थियो । राष्ट्रिय सभा निर्वाचनलगत्तै नयाँ सरकार गठन हुने उनले बताए ।


प्रकाशित : माघ ३, २०७४ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?