कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्थायी मुकाम बनाउनुपर्ने माग राख्दै वीरगन्ज बन्दको आह्वान

बन्दले जनजीवन प्रभावित 
भुषण यादव

वीरगन्ज — बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश २ को अस्थायी राजधानी जनकपुर तोकेपछि वीरगन्जमा त्यसको विरोध भएको छ ।

अस्थायी मुकाम बनाउनुपर्ने माग राख्दै वीरगन्ज बन्दको आह्वान

वीरगन्जवासीले आफ्नो जिल्लालाई अस्थायी राजधानी नबनाएको विरोधमा आज वीरगन्ज बन्दको आह्वान गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।


वीरगन्जको मुख्य चोकमा टायर बालेर प्रदर्शनमा उत्रेका प्रदर्शकारीहरुले वीरगन्जलाई अस्थायी मुकाम तोकिनुपर्ने माग राखेका छन् । त्यहाँको घण्टाघर माइस्थान लगायतका चोकमा प्रदर्शन भइरहेकोले कुनै पनि यातायातका साधन चलेका छैनन् ।


अस्थायी राजधानी माग गर्दै त्यहाँ सुरुभएकाे रिले अनशन पनि जारी नै छ। अनशनको आज १४ औं दिन हो । वीरगंजलाई प्रदेश राजधानी नबनाएसम्म अनशन नरोकिने संघर्ष समितिले बताएको छ ।


प्रकाशित : माघ ४, २०७४ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?