कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली नागरिकता सिफारिस गर्ने वडाअध्यक्ष हिरासतमा

सहायक प्रजिअ बयानका लागि तानिए

रामेछाप — झुटा विवरण दिइ नागरिकता लिने र दिलाउन सिफारिस गर्ने वडाध्यक्षसहितलाई प्रहरीले हिसासतमा लिइ अनुसन्धान थालेको छ ।

रामेछापको भुजि-७ को निशान सुनुवारको नाम राखि नागरिकता लिने काठमाडौंका निशान जोशी, उनलाई नागरिकता लिनका लागि योजना बनाउने भुजिका हरि सुनुवार र आमा बन्ने दुनिमाया सुनुवार, सिफारिस दिने वडाध्यक्ष रुद्रमणि नेवार र वडासचिव केशर खत्रीलाई हिरासतमा राखि अनुसन्धान अघि बढाइएको हो ।


गलत व्यक्तिलाई नागरिकता दिने तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी सीताराम बयानका लागि तानिएका छन् । थापा हाल काभ्रे जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत छन् ।


रामेछापको उमाकुण्ड गाउँपालिका-७ भुजिको ठेगाना बनाइ काठमाण्डौंका निशान जोशीले गएको जेठ २१ गते नागरिकता लिएका थिए । नागरिकतामा निशानले सुनुवार थर राखेको र उनलाई आफ्नो छोरा भएको भन्दै दुनिमाया सुनुवारले सनाखत गरेकी थिइन् । वडाको सिफारिस र सनाखतका आधारमा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी सीताराम थापाले निशान सुनुवारको नामको नागरिकता जारी गरेका थिए ।


जोशीका बावु र आमाको ठेगान थिएन । उनी बेलायती सेनामा भर्तिका लागि तालिमका लागि धरान पुग्दा भुजिका हरि सुनुवार भेट भएका थिए । सुनुवारले नागरिकता बनाउन योजना वनाइ दुनिमायालाई छोरा स्वीकार्न लगाएका थिए । निर्वाचित वडाध्यक्ष रुद्रमणि नेवारले उनको नागरिकताका लागि सिफारिस गरेका थिए ।

गलत मानिसलाई नागरिकता दिएको भन्दै कारबाहीको लागि गृहमन्त्रालयमा स्थानीय खिपबहादुर सुनुवारले उजुरी दर्ता गराएपछि उक्त घटना सार्वजनिक भएको हो । खिपबहादुर नाताले दुनिमायाका बहिनी ज्वाइँ हुन् ।

निशानलाई दुनिमायाको छोरा भनेर नागरिकता बनाउन सिफारिस दिने वडाध्यक्ष नेवारले आफुलाई नियतवस फसाइएको बताएका छन् । मैले सिफारिस दिने बेलामा सोधेको थिए, निशानले १६ वर्षसम्म काठमाण्डौंमै बसेकोले चिन्न गाह्रो भएको होला भनेर भन्यो नेवारले भने–शैक्षिक प्रमाणपत्र र आमाबावुको नागरिकताको आधारमा सिफारिस गरेको हुँ । ‘म त फसें फसें भोलिका दिनमा अरु वडाध्यक्षहरुले यस प्रकारका सिफारिस गर्दा सचेत हुनुपर्ने भयो’उनले भने ।


जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाका अनुसार झुटा नागरिकता प्रकरणमा मुछिएका सबैलाई थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप भएको छ ।

प्रकाशित : माघ ४, २०७४ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?