कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनकुटामा जारी निषेधाज्ञा कायमै

दुई पक्षीय वार्ता हुँदै

धनकुटा — धनकुटामा जारी तनाव अन्त्यका लागि आन्दोलनरत पक्ष र प्रशासनबीच वार्ता भइरहेको छ । निषेधाज्ञा, आमहड्ताल लगायत समस्या समाधानका लागि एक घण्टा अघिदेखि जिल्ला प्रशासन कार्यालयमा वार्ता भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए ।

यसअघि जिल्ला प्रहरी कार्यालयमा बोलाईएको सर्वपक्षीय वार्ता राजनीतिक दलले अस्वीकार गरेपछि जिल्ला प्रशासनमा दुई पक्षीय वार्ता भएको हो । वार्ताका क्रममा दुवै पक्षले आ आफ्ना रिपोर्टिङ पेश गर्दै समस्या सुल्झाउने प्रयास भइरहेको वार्तामा सहभागी आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए ।


वार्तामा क्रियाशील प्रमुख राजनीतिक दलका प्रतिनिधि, सांसदहरु, आन्दोलन परिचालन समितिका संयोजक सहभागी छन् ।


धनकुटालाई प्रदेश नम्बर १ को अस्थायी मुकाम नतोकेको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि हिजो मध्यान्हदेखि धनकुटा बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । अनिश्चितकालिन आमहड्ताल आज तेस्रो दिनपनि जारी रहँदा धनकुटाको जनजीवन अस्तब्यस्त बनेका छ । यातायात, बजार, शिक्षण संस्था, कलकारखाना समेत ठप्प छ ।

प्रकाशित : माघ ५, २०७४ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?