कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ४ मा यसरी लिइयो शपथ

पोखरा — चार नम्बर प्रदेश अन्तर्गत प्रदेशसभाका सांसदलाई आईतबार बिहान शपथ ग्रहण गराईयो । प्रदेश प्रमुख बाबुराम कुँवरले आफ्नो कार्यालयमा कार्यभार सम्हालेलगत्तै प्रदेशसभाका ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठलाई शपथ खुवाए । 

प्रदेश ४ मा यसरी लिइयो शपथ

त्यसपछि श्रेष्ठले नदीपुरस्थित प्रदेशसभास्थल (नगर विकास प्रशिक्षण केन्द्रको हल) मा अन्य सांसदलाई शपथ खुवाए । सभामुख र उपसभामुखको निर्वाचन नहुन्जेल अब प्रदेशसभा अध्यक्षको हैसियतमा उनले संसद चलाउने छन् ।


कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीका अनुसार सपथ ग्रहणमा ५८ सांसद सहभागी भए । यस प्रदेशमा ३६ प्रत्यक्ष र २४ समानुपातिकबाट प्रदेशसभा सदस्य छन् । तर मनाङ प्रदेश सभा ख बाट निर्वाचित राजिव गुरुङ (दीपक मनाङे) भने सर्बोच्च अदालतको फैसलापछि सांसद हुनबाट बन्चित भएकाले उनी अनुपस्थिति रहे ।


यसैगरी तनहुँ क्षेत्र नम्बर १ प्रदेश कबाट निर्वाचित रामबहादुर गुरुङ पनि अनुपस्थित रहे । उनी विदेशमा भएकाले शपथमा नआएका हुन् ।


प्रकाशित : माघ ७, २०७४ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?