कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले–माओवादी पार्टी एकता स‌ंयोजन समितिको बैठक जारी

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक जारी छ ।

एमाले–माओवादी पार्टी एकता स‌ंयोजन समितिको बैठक जारी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक मनोहरी तिमिल्सिनाका अनुसार बैठकमा एमाले अध्यक्ष केपी ओली, दाहालसहित एकता संयोजन समिति र कार्यदलका नेताहरु रहेका छन् । बैठकमा पार्टी एकता, एकताका लागि साझा दस्तावेज बनाउने, प्रदेशको मुख्यमन्त्री लगायत विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन् । संयोजन समिति बैठकको एजेन्डा तय गर्न शनिबार साँझ ओली र दाहालबीच बालकोटमा छलफल भएको थियो ।


सरकार गठनअघि नै पार्टी एकता गर्ने तयारीमा रहेका एमाले-मा‌ओवादीबीच नेतृत्व, सांगठनिक विषय र सैद्धान्तिक बाटो के हुने भने विषयमा बहस चलिरहेको छ ।


संयोजन समितिमा एमालेबाट अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल छन् । माओवादी केन्द्रबाट भने अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा संयोजन समितिमा रहेका छन् ।


एमालेबाट सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहेको कार्यदलमा माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहेका छन् ।



प्रकाशित : माघ ७, २०७४ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?