कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

घोराहीमा आन्दोलनको फोहोर पखालियो

दुर्गालाल केसी

दाङ — पाँच नम्बर प्रदेशको अस्थाई मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनसम्म भएको आम हड्ताल र बन्दका क्रममा घोराहीका सडकमा भएको फोहोर आइतबार सफा गरिएको छ ।

घोराहीमा आन्दोलनको फोहोर पखालियो

टायर बालेर कालो भएको सडक राजनीतिक दलका युवा नेताहरुले ट्याङ्करबाट पानी ल्याएर सफा गरेका हुन् ।


बन्दका क्रममा सडकका बिभिन्नन ठाउँमा टायर बालेर फोहोर गरिएको थियो । शनिबार रातिदेखि बन्द र हड्ताल फिर्ता भएपनि सडकमा टायरको कालो मात्रै भएपछि यसको सर्वत्र आलोचना भएको थियो ।


आलोचनापछि नेताहरुले सडक सफा गरेर आफ्नो बचाउ गरेका छन् । संयुक्त संघर्ष समितिले बन्द र हड्ताल फिर्ता गरी अन्य कार्यक्रम तय गरेको छ । समितिले कालोझण्डा गाड्ने, बिरोधसभा गर्ने, मागपत्र पेश गर्ने जस्ता कार्यक्रम गर्ने निर्णय गरेको छ ।


आन्दोलनमा सहभागी दलका कार्यकर्ता र सर्बसाधारणले भने बन्द हड्ताल गरी अन्तमा विना उपलब्धी आन्दोलन स्थगित गरेको भन्दै सामाजिक सञ्जालमार्फत नेताहरुप्रति आक्रोश व्यक्त गरिरहेका छन् ।


आमहड्ताल र बन्दका क्रममा टायर बालेर फोहोर भएको दाङको घोराही बजार सरसफाई गरिदै । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर

प्रकाशित : माघ ७, २०७४ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?