कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लुटेराको गोलीले टेक्सासमा नेपाली युवाको निधन

न्युयोर्क — लुटेराको गोली आक्रमणले टेक्सासको डालासमा एक नेपालीको निधन भएको छ । डालासको गारलान्डस्थित पसलमा शनिबार राति गोली चल्दा, गोरखा जन्मघर भएका ३५ बर्षीय मनिष पाण्डेको निधन भएको हो । 

लुटेराको गोलीले टेक्सासमा नेपाली युवाको निधन

ओटेस रोड नजिकै ब्रोडओए एभिन्यु स्थित एक्जोन ग्यास स्टेशन लुटने नियतले शनिबार राति दुई अश्वेत युवा पसलमा प्रवेश गरेका थिए । पसल बन्द हुने समय रातको १२ बज्नु आधा घण्टा अघि सो दुर्घटना भएको थियो । पसलमा रहेका पाण्डे र दुई लुटेराबीच धरपकड भएको थियो । सोहि क्रममा उनीहरुले पाण्डे माथि गोली चलाएको गारल्याण्ड प्रहरीलाई उदृत गर्दै स्थानीय मिडिया सिबीएसडीएफडब्ल्युले जनाएको छ । ६ फुट र पाँच फुट ९ ईन्च अग्ला दुई लुटेराहरुको खोजी भइरहेको र सुचना दिनेलाई पाँच हजार डलरको पुरस्कार दिने प्रहरीले उल्लेख गरेको छ ।


टेक्सास नेपाली समाजका एक पदाधिकारीका अनुसार चार वर्षअघि अमेरिका आएका पाण्डे, आफ्नै मामा कृष्ण पन्तको व्यवसायमा सहयोगी भूमिकामा सक्रिय थिए । मृतक पाण्डेकी श्रीमती पाँच महिनाकी गर्भवती रहेको बुझिएको छ ।


प्रकाशित : माघ ८, २०७४ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?