कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार

काठमाडौँ — कांग्रेसले राष्ट्रिय सभाका लागि सबै उम्मेदवारको टुंगो लगाएको छ । 

चार वटा प्रदेशका उम्मेदवार मंगलबार नै टुंग्याएको कांग्रेसले १, २ र ३ का उम्मेदवार पनि तय गरेको छ ।

कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार

राष्ट्रिय सभामा उम्मेदवारी दर्ता बुधबार नै हुँदैछ ।


कांग्रेसले प्रदेश नम्बर १ बाट मोरङका रमेशजंग रायमाझीलाई खुला र झापाकी सरिता प्रसाईंलाई महिला कोटामा उम्मेदवार बनाएको छ ।


प्रदेश नम्बर २ मा फोरम लोकतान्त्रिकबाट कांग्रेस आएका जितेन्द्रनारायण देव खुला र मुक्ताकुमारी यादव महिलाबाट उम्मेदवार भएका छन् ।


प्रदेश नम्बर ३ बाट राधेश्याम अधिकारी खुला र धना खतिवडा महिलाबाट उम्मेदवार भएका छन् ।


प्रकाशित : माघ १०, २०७४ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?