कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ मिनेट ढिलो हुँदा माओवादी उम्मेदवारले मनोनयन दर्ता गराउन पाएनन् (भिडियो)

सन्तोष सिंह

काठमाडौँ — अन्य कोटाबाट उम्मेदवारी दर्ता गराउन गएका माओवादी उम्मेदवार नरेन्द्र शाहले उम्मेदवारी दर्ता गराउन पाएनन् । 

१५ मिनेट ढिलो हुँदा माओवादी उम्मेदवारले मनोनयन दर्ता गराउन पाएनन् (भिडियो)

मनोनयन दर्ताको लागि ४ बजेसम्मको अवधि तोकिए पनि उनी ४: १५ मा राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । ढिलो भएको भन्दै उनलाई मनोनयन दर्ता गर्न दिइएन ।

माओवादी केन्द्रले ढिलो गरी उनको नाम टुंगो लगाएको थियो । सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनी दोस्रो संविधान सभामा तराई मधेस सद्भावना पार्टीको तर्फबाट समानुपातिक सभासद् भएका थिए ।

प्रकाशित : माघ १०, २०७४ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?