कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभा निर्वाचन :  प्रदेश ६ मा १२ जनाको मनोनयन 

प्रकाश अधिकारी

सुर्खेत — माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश–६ बाट १२ जनाको उम्मेदवारी परेको छ ।

राष्ट्रिय सभा निर्वाचन :  प्रदेश ६ मा १२ जनाको मनोनयन 

वामगठबन्धनको तर्फबाट एमालेले ५ तथा माओवादी केन्द्रले ३ जना र कांग्रेसले ४ जना उम्मेदवारहरुको मनोनयन दर्ता गरेका छन् ।


जिल्ला निर्वाचन कार्यालयमा अवस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुधबार दिउँसो १ बजेबाट मनोनयन दर्ता सुरु भएको थियो ।


उम्मेदवारकाे सूची :

एमाले

  • भैरवसुन्दर श्रेष्ठ (खुला)
  • कविता बोगटी
  • नन्दा शर्मा (महिला)
  • नरपति लोहार (दलित)
  • ठकेन्द्र पुरी

माओवादी केन्द्र

  • कालीबहादुर मल्ल (खुल्ला)
  • जीवन बुढा (अपांग)
  • युटुल तामाङ (महिला)

कांग्रेस

  • विष्णुबहादुर शाही (खुला)
  • गोपालप्रसाद शर्मा (अपांग)
  • नेत्रलाल सार्की (दलित)
  • सूर्यदेवी मल्ल (महिला)

यस प्रदेशमा स्थानीय तहका १ सय ५८ र प्रदेशसभाका ४० जना गरी १ सय ९८ मतदाता छन् ।

मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौड्यालका अनुसार प्रदेशबाट निर्वाचितमध्ये खुला ३, महिला ३, अल्पसंख्यक/अपांग १ र दलित १ गरी ८ जना चुनिनेछन् ।




प्रकाशित : माघ १०, २०७४ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?