कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गैससको नाममा ठगी गर्नेलाई एक वर्ष कैद 

भीमबहादुर सिंह

जाजरकोट — जिल्ला अदालत जाजरकोटले अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाको नाममा ठगी गर्ने जोडीलाई कैद र जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश देवकुमार गिरीको ईजलासले काठमाडौं महानगरपालिका १३, गोंगबुका अनिल अधिकारी र उनकी पत्नी सरस्वतीलाई कारवाहीको फैसला सुनाएको हो ।


अदालतले ठगी गर्ने जोडीलाई जनही १ वर्ष कैद र एक लाख ३३ हजार जरिवाना गरेको श्रेस्तेदार अधिकृत मेघराज चापागार्इंले बताए ।


उनीहरुले एक लाख ३३ हजार ठगी गरेको भन्दै गत साउनमा प्रहरीले मुद्दा दर्ता गरेको थियो ।


प्रहरीले अनिलको जोडीलाई गत साउनमै सदरमुकामको शान्तिचौतारा स्थित हिलपार्क होटलबाट ठगी गरेको रकम र नक्कली कागजपत्र सहित पक्राउ गरेको थियो । अधिकारीको जोडीले अन्र्तराष्ट्रिय गैरसरकारी संस्था एसीजेमार्फत अनुदान वितरणका लागि बैंकमा खाता खोल्ने निहुँमा ठगी गरेका थिए ।


उनीहरुले उक्त नक्कली संस्थाका नाममा कुशे गाउँपालिका–५ खुर्पा, ढीमे र दम्दालाका गरिब तथा दलितबाट कृषि तथा गरिबी निवारण समूह गठन गरेर रकम ठगी गरेका थिए ।


गरिब, दलित, जनजाति, एकल महिला, असहायलगायत कृषि समूहका प्रति सदस्यलाई एसीजेले आय आर्जनका लागि ५० हजारदेखि २ लाख अनुदान उपलब्ध गराउने भन्दै प्रति

सदस्यबाट अग्रीम ६ हजार असुलेर ठगी गरेको प्रमाणका आधारमा उनीहरुलाई सजाय भएको हो ।

प्रकाशित : माघ १५, २०७४ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?