कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुख्य रजिष्ट्रारमा भट्टराई

काठमाडौँ — कानुन सेवा आयोगले न्याय परिषदको सचिव रहेका राजन भट्टराईलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा सिफारिस गरेको छ ।

सरकारी वकिल समूहका उनी बढुवा भएर न्यायपरिषदको सविच भएका थिए । आयोग स्रोतका अनुसार प्रधानन्यायाधिश गोपाल पराजुलीको जोडबलमा गतवर्ष सचिव भएका भट्टराई एकवर्षभित्र मुख्यसचिव सरहको पदमा बढुवा भएका हुन् ।


न्यायसेवामा सरकारी वकिल, न्याय प्रशासन र कानुन गरी तीन समूह हुन्छन् । विशिष्ठ श्रेणीमा गएपछि समूहको गणना हुँदैन । तर हरेक समूहमा एक–अर्कोबाट नलैजाने अघोषित नियम भने कायमै थियो । त्यसैक्रममा केही महिनाअघि न्याय प्रशासन समूहको रजिष्ट्रारबाट नहकुल सुवेदी मुख्य रजिष्ट्रारमा नियुक्त भएका थिए ।


अर्को समूहबाट लगेको भए उनीभन्दा वरिष्ठ रहेका सरकारी वकिल समूहका दुर्गाबन्धु पोखरेल, बद्री गौतम, खगराज बराल प्रतिस्पर्धामा थिए । त्यसैगरी कानुन समूहबाट कमलशाली घिमिरेसमेत थिए । ‘त्यतिबेला अर्को समूहबाट न्याय प्रशासनमा ल्याउन उचित नहुने भनेर सुवेदीलाई मुख्य रजिष्ट्रार बनाइएको थियो,’ न्यायपरिषद स्रोतले भन्यो ।


अन्तर–समूह बढूवा गर्न नहुने भनी गरेको निर्णय पछिल्लोपटक भने न्यायसेवा आयोगले कार्यान्वयन गर्न चाहेन । स्रोतका अनुसार, तत्कालिन प्रधानन्यायाधिश शुसिला कार्कीको कार्यकालमा उनीसग नजिक रहेर काम गरेको आरोपमा सर्वोच्च अदालतको रजिष्ट्रारबाट बेपत्ता आयोगमा सरुवा गरिएका नृपध्वज निरौलालाई मुख्यरजिष्ट्रार नबनाई सरकारी वकिल समूहका भट्टराईलाई मुख्य रजिष्ट्रार बनाइएको हो ।


यदि अन्तर समूहविच नै वरिष्ठलाई छानिएको भए सरकारी वकिल समूहका पोखरेल सहित गौतम, बराल र कानून समूहका घिमिरे प्रतिस्पर्धामा थिए । तर पोखरेल र घिमिरेले भने उमेरहदका कारण छिट्टै अवकाश पाउदैछन् । कानून सेवा आयोगले बुधवार नै बेपत्ता आयोगका सचिव नृपध्वज निरौलालाई न्यायपरिषद र सहन्यायाधिवक्ता कृष्णजिवि घिमिरेलाई बेपत्ता आयोगमा सिफारिस गरेको छ ।


प्रकाशित : माघ १७, २०७४ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?