कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

किशोरको रहस्यमय हत्या, सोधपुछका लागि १४ जना नियन्त्रणमा

कमल पन्थी

गुलरिया — ठाकुरबाबा—२ बेतहनीका एक किशोरको रहस्मय ढङ्गले हत्या भएको छ । १७ वर्षीय बालकृष्ण आचार्य मृत अवस्थामा सोही ठाउँको पेरहनीस्थित तोरीवारीमा फेला परेको प्रहरीले जनाएको छ । 

छिमेकीको विवाहको पार्टीमा गएका आचार्य दुई दिनसम्म घर नफर्केपछि खोजी गरिएको थियो । बुधबार बेलुका मृत अवस्थामा शव फेला परेको प्रहरी उपरीक्षक जनकराज भट्टराईले जनाएका छन् ।


उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको भट्टराईले बताए । उनका अनुसार घटनाको अनुसन्धानको लागि १४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ ।


प्रकाशित : माघ १८, २०७४ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?