कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

उद्योग वाणिज्य संघ सुनसरीका पूर्वअध्यक्षमाथि हम्बर प्रहार 

धरान — लेनदेनको विषयमा विवाद हुँदा आफ्नै घरमा काम गर्ने मजदुरले फलामको हम्बरले हिर्काएर उद्योग वाणिज्य संघ सुनसरीका पूर्वअध्यक्ष पवन अग्रवाल गम्भीर घाइते भएका छन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि थप उपचारको लागि विराटनगरको न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

धरान–१८ स्थित बीपी प्रतिष्ठानको मुख्य प्रवेशद्वार अगाडि बिहीबार मध्यान्हतिर कामदार नवीन गिरीले अग्रवाललाई टाउकोमा हम्बर प्रहार गरेर गम्भीर घाइते बनाएका हुन् । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलका अनुसार धरान-१६ सुनौले बस्ती बस्ने ५३ वर्षीय गिरीले हम्बर प्रहार गरेपछि अग्रवालको टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रनाउ पौडेलले बताए ।


हम्बरले हिर्काएर फरार रहेका गिरीलाई प्रहरीले दमकबाट पक्राउ गरी धरान ल्याएको छ । अन्य व्यवसाय पनि गर्दै आएका अग्रवालले प्रतिष्ठानभित्र औषधि उपलब्ध गराउँदै आएका थिए । ठेक्का अवधि सकिएपछि उनले प्रतिष्ठान अगाडि घर निर्माण गरेर औषधिकै व्यवसाय गरिरहेका थिए । प्रनाउ पौडेलले भने, ‘किन हिर्काएको भन्नेबारे सबै खुल्न सकेको छैन । लेनदेनकै विषयमा विवाद पछि घटना भएको प्रारम्भिक अनुमान छ ।’


प्रकाशित : माघ १८, २०७४ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?