१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

झड्केली छोरी बलात्कृत

चन्द्र कार्की

तेह्रथुम — लालीगुराँस नगरपालिका ३ वसन्तपुर मुसाङखेलका एक अधवैंसेले १५ वर्षीया झड्केली छोरीलाई बलात्कार गरेको आरोप लगाउदै आमा छोरीले प्रहरीमा किटानी जाहेरी दिएका छन् । 

अधवैंशे बुवाले डर धम्की देखाएर १५ वर्षीया छोरीलाई गत भदौदेखि पटकपटक बलात्कार गरेको भन्दै बालिका र उनकी आमाले ईलाका प्रहरी कार्यालय बसन्तपुरमा किटानी जाहेरी दिएका हुन् ।


बलात्कारपछि १५ वर्षीया छोरी गर्भवती भएकी छिन् । छोरीको पेटमा ५ महिना बढी समयको गर्भ रहेको भन्दै बालिकाकी आमाले श्रीमानलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएको ईलाका प्रहरी कार्यालय वसन्तपुरका निमित्त प्रमुख सई कुलवहादुर खड्काले बताए ।


गत भदौ महिनादेखि आफुलाई बुवाले पटकपटक वलात्कार गरेको बालिकाले बयान दिएको प्रहरीले जनाएको छ । झड्केली छोरी बलात्कार गर्ने बुवाको ३ वटी श्रीमती रहेको प्रहरीले जनाएको छ । बालिकाकी आमाले आफु घरमा नभएको मौकी छोपी छोरीलाई डर त्रास देखाएर श्रीमानले पटकपटक बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख गरेकी छन् । श्रीमान पुर्वी तराईमा अर्की श्रीमतीसंग बस्दै आएको आमाको भनाई छ ।


अर्की श्रीमती ल्याएर तराईमा बस्दै आएका श्रीमान् गत भदौ महिनादेखि बाक्लै रुपमा आफ्नो घरमा आउजाउ गरिरहेका थिए । घरमा श्रीमानको आउजाउ बढेसंगै छोरीको महिनावारी रोकिएपछि शंका लागेर सोध्दा बुवाले पटकपटक बलात्कार गरेको छोरीले बताएको आमाको भनाइ छ । गरिवीका कारण आफु कामका लागि अन्यत्र जाने गरेको र त्यही मौका छोपेर श्रीमानले छोरीको बलात्कार गरेको आमाको आरोप छ ।


बलात्कृत वालिकालाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याईएको प्रहरीले जनाएको छ । किटानी जाहेरी आएकाले जवरजस्ती करणीमा आईतवार बेलुकीसम्ममा मुद्दा दर्ता गरिने प्रहरी नायव उपरीक्षक राजन भुजेलले बताए । हाडनाता भित्र बालात्कृत भएकाले घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धन थालिएको भुजेलको भनाई छ । हाडनाता भित्र बलात्कार भएकाले अनुसन्धान पछि दोसी पाईए हाडनाता करणी अन्तर्गतसमेत मुद्दा चलाईने प्रहरीले जनाएको छ ।


घटना सार्वजनिक भए लगत्तै तराईमा बस्दै आएका आरोपी बावु त्यहाँबाट पनि फरार भएको प्रहरीले जनाएको छ । उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : माघ २१, २०७४ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?