कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटहरी बलात्कार प्रकरण : एसपी र इन्स्पेक्टर निलम्बन गरिँदै

जनकराज सापकाेटा

काठमाडौँ — गृह मन्त्रालयले सामूहिक बलात्कारको घटनालाई प्रहरी कार्यालयभित्रै गुपचुप मिलापत्र गराउने घटनामा स‌ंलग्न एसपी विद्यानन्द माझी र ईन्स्पेक्टर चिरञ्जीवी दाहाललाई निलम्बनको तयारी थालेको छ । 

इटहरी बलात्कार प्रकरण : एसपी र इन्स्पेक्टर निलम्बन गरिँदै

गृह सचिव मोहनकृष्ण सापकोटाले निलम्बनका लागि प्रहरी प्रधान कार्यालयबाट सिफारिस आइसकेको र तुरुन्तै निलम्बन सदर गरिने बताए ।


ईटहरी २० की १० कक्षामा पढने १४ वर्षीय छात्रालाई गत पुस १६ गते ईटहरी २ हलगढास्थित रोयल रिसोर्टमा छात्राको प्रेमी जोकम लिम्बु र मनिष श्रेष्ठले बलात्कार गरेका थिए ।

बलात्कारको घटना मिलापत्र गराएको घटनाबारे प्रहरीले गठन गरेको छानबिन समितिले जिप्रका सुनसरीका एसपी विद्यानन्द माझीलाई समेत छानबिनको दायरामा राखेको थियो ।


घटनाको बेला ईलाका प्रहरी कार्यालयको ईन्चार्ज रहेको ईन्स्पेक्टर चिरञ्जिवी दाहालले घटनालाई गुपचुप राख्न भूमिका खेलेका थिए । गत सोमबार मात्रै ईन्स्पेक्टर दाहाललाई मिलापत्रको कागजपत्र लुकाउन सक्ने र अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै प्रदेश एकको प्रहरी कार्यालय विराटनगरमा तानिएको थियो ।

प्रकाशित : माघ २३, २०७४ १८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?