कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

हत्या अभियोगमा तीन पक्राउ

कमल पन्थी

गुलरिया — साथीको हत्या गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

ठाकुरबाबा–२ पेरहनीका बालकृष्ण आचार्यको माघ १६ गते हत्या गरी फरार भएको अभियोगमा तीनलाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।


हत्याको अभियोगमा पक्राउ परेका सोही ठाउ‘ कर्मलाका नन्कु भन्ने रमेश राजबंशी, हरीनारायण दहित र कैलाली जानकी गाउ‘पालिका–६ जगतपुरका विकास चौधरी छन् ।

विवाह भोज खान छिमेकीको घर पुगेका आचार्यलाई चिर्पटा र धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । उनको शव तोरीबारीमा अर्को दिन फेला परेको प्रहरी उपरीक्षक जनक भट्टराईले जनाए ।


प्रकाशित : माघ २४, २०७४ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?