१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

सामूहिक बलात्कारको आरोपमा दुई पक्राउ

कमल पन्थी

बर्दिया — प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाएको छ । 

सामूहिक बलात्कारको आरोपमा दुई पक्राउ

राजापुरकी २९ वर्षीया एक महिलालाई शुक्रवार मध्यरातमा बाटोमा बलात्कार गरेको अभियोगमा गेरुवा गाउँपालिका २ शान्तिबजारका २५ वर्षीय तपेश सोडारी र २२ वर्षीय सिंघाईका श्रीश खत्रीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायव उपरीक्षक सुर्य केसीले जनाए ।


विवाहमा भोज खान गएका समय घर पुर्‍याई दिन महिलाले आग्रह गरेकी थिईन् । पक्राउ परेका ति अभियुक्तहरुले पीडित महिलालाई मोटरसाईकलमा चढाई बाटोमा जर्वजस्ती करणी गरेको जाहेरी पीडित महिलाले दिएको प्रनाउ केसीले बताए ।


उनीहरुविरुद्ध जर्वजस्तीकरणीको मुद्दा दायर गरि अदालतबाट दश दिनको म्याद थप लिएको प्रहरीले जनाएको छ । उक्त घटना सदरमुकामदेखि करिब ५५ किमि पश्चिम उत्तरमा भएको हो ।


प्रकाशित : माघ २८, २०७४ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?