कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरको लाबिम मलले कर तिरेन

प्रशान्त माली

ललितपुर — ललितपुरको पुल्चोकमा रहेको व्यापारिक कम्प्लेक्स लाबिम मलले कर नतिरेको पाइएको छ । सोमबार ललितपुर महानगरपालिकाले लाबिम महलमा अनुगमन गर्दा मलका सञ्चालकले कर नतिरेको पाइएको हो । 

ललितपुरको लाबिम मलले कर तिरेन

सोमबार दिउँसो महानगरपालिकाको आर्थिक विकास समिति, राजश्व महाशाखा प्रमुख, नगर प्रहरी र वडाध्यक्ष सहितको टोलीले अनुगमन गर्दा करिव १ करोड रुपैयाँ भन्दा माथि कर बुझाउन बाँकी रहेको पाइएको हो ।


यसैगरी मलमा सञ्चालित पिरोपिरो पसल, स्यान्डविच प्वाइन्ट सेन्टर, बाओची, केल्भिइन, कोकाकोला डल्ले लगायतका केही पसल विना दर्ता सञ्चालन गरिएको पाइएको छ । उनीहरुलाई अनुगमन टोलीले चाँडै नै सम्बन्धित कार्यालयमा दर्ता गरेर पसल चालउन आग्रह गरेका छन् ।


प्रकाशित : माघ २९, २०७४ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?