कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको छानविन तामेलीमा

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालयको छानविन तामेलीमा राखेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अर्यालमाथिको अख्तियारले छानविन गरेको थियो ।

पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको छानविन तामेलीमा

अनुसन्धानका क्रममा अस्वभाविक आर्जन नदेखिएको भन्दै अख्तियारका अनुसन्धान अधिकृत गोकुल बास्तोलाले निर्णयको निर्णयपछि ‘क्लिन चिट’को पत्र दिएका हुन् । अख्तियार बोर्ड बैठकले गत माघ २२ गते फाइल तामेलीमा राख्ने निर्णय गरेका थिए ।

प्रकाशित : माघ २९, २०७४ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?