कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डोलेश्वरमा पनि साधुसन्त

कान्तिपुर संवाददाता

भक्तपुर — महाशिवरात्रिका लागि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा साधुसन्तको भीड लागेको छ । महाशिवरात्रिको अवसरमा स्वदेश तथा विदेशबाट ५ सयभन्दा बढी साधुसन्त आएको मन्दिर संरक्षण तथा विकास समितिले जनाएको छ । 

डोलेश्वर मन्दिरमा आएका साधुसन्तलाई खानपान, बसोबास तथा अन्य व्यवस्थापन मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले गर्नेछ । प्रचारप्रचार उपसमिति संयोजक मोहन बल्लका अनुसार डोलेश्वर महादेव मन्दिर आएका साधुसन्तको तह क, ख र ग अनुसार क्रमश: एक हजार १ सय ११, ७ सय ७७ र ५ सय ५५ तथा एक थान कम्बल र धोती प्रदान गरिनेछ ।

महाशिवरात्रिको दिन मंगलबार १ हजार १ सयको रसिद काटी विशेष पञ्चस्नान गर्न पाउने व्यवस्थासमेत गरिएको समितिले जनाएको छ । महाशिवरात्रि पर्व सम्पन्न गर्न करिब १० लाख खर्च हुने समितिले जनाएको छ । सूर्यविनायक–८ स्थित डोलेश्वर महादेवलाई भारत उत्तराञ्चलका गुरु भीमाशंकरले २०६६ भदौ ५ मा भारतमा भएको केदारनाथ मन्दिरको शिर भएको पुष्टि गरेका हुन् ।

प्रकाशित : फाल्गुन १, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?