कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटमा अज्ञात समुहद्वारा एनसेलको रिपिटर टावरमा आगजनी

कृष्ण थापा

नुवाकोट — साविक गेर्खु–८ हाल विदुरनगरपालिका–११ स्थित डाँडागाउँमा एनसेलको रिपिटर टावरमा सोमबार राति अज्ञात समुहले आगजनी गराएको छ । राति करिब पौने १२ बजे उक्त रिपिटर टावरमा आगजनी गरेको पाइएको प्रहरीले जनाएको छ ।

टावर राखिएको लागि व्याक अप ८ थान व्यट्री, एटीएन बोर्ड, १० केभीको जेनेरेटर, पावर सप्लाई बोर्ड लगायतमा सामानमा पेट्रोल र मोबिल छर्केर आगजनी गरेको प्रहरीले जनाएको छ । ‘कुनै मानवीय क्षति छैन,’ जिल्ला प्रहरी प्रमुख एसपी बसन्तबहादुर कुँवरले भने, ‘टावर जलाएका छन् । पूर्ण क्षतिको विवरण आउन बाँकी छ ।’


सदरमुकाम विदुरबाट गाडीमा १ घन्टाको दुरी उत्तरी भेगमा उक्त टावर रहेको छ । तल वस्ती र माथि टावर रहेको छ । राति वर्षात भएकाले आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । घटनाबारे हालसम्म कसैले जिम्मेवारी लिएको छैन ।


नेकपा माओवादी विप्लव समुहले आफ्नो कार्यक्रममा टावर जलाउने भनिए पनि आफ्नो कार्य नभएको जनाएको छ । ‘हाम्रो कुनै टावर जलाउने कार्यक्रम छैन,’ जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाले भने, ‘म त परिवार बिरामी भएकाले अस्पतालमा छु ।’


जिल्लामा एनसेलको २३ वटा टावर छन् ।


प्रकाशित : फाल्गुन १, २०७४ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?