कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीले ‘राजीनामा दिने’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभाको परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेसँगै देउवा राजीनामा दिने तयारीमा रहेको एक मन्त्रीले जनाए । 

प्रधानमन्त्रीले ‘राजीनामा दिने’

आयोगले बुधबार प्रतिनिधिसभामा निर्वाचित सांसदको सूची राष्ट्रपतिलाई हस्तान्तरण गर्नासाथ नयाँ सरकार निर्माणको प्रक्रिया अघि बढ्ने छ । राष्ट्रपतिले नयाँ सरकारको प्रक्रिया अघि बढाउनुअघि नै प्रधानमन्त्री देउवा राष्ट्रको नाममा सम्बोधन गर्दै राजीनामा दिने सोचमा छन् । यसबारे उनले पार्टीका केही नेता तथा मन्त्रीसँग मंगलबार राति बालुवाटारमा छलफल गरेका थिए ।


‘सबैको सुझाव राजीनामा दिन उपयुक्त हुन्छ भन्ने आयो,’ स्रोतले भन्यो, ‘बुधबार नै प्रधानमन्त्रीले आफ्नो कार्यकालमा भएका उपलब्धिबारे सम्बोधन गर्दै राजीनामा दिने मनस्थिति बनाउनुभएको छ ।’


कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व लिने समझदारीअनुसार देउवा चौथो पटक गत जेठ २३ गते मुलुकको ४० औं प्रधानमन्त्री निर्वाचित भएका थिए । झन्डै साढे आठ महिना उनी पदमा रहे ।

प्रकाशित : फाल्गुन २, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?