कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अज्ञात समुहद्वारा एनसेलको टावरमा आगजनी

कमल पन्थी

बर्दिया — अज्ञात समूहबाट मंगलबार मध्यरातमा एनसेलको टावरमा आगजनी गरिएको छ । मधुवन नगरपालिका—२ ओराही बजारमा रहेको उक्त टावरमा आगजनी हुँदा कार्यालय भित्र रहेको तार लगायत उपकरण जलेको प्रहरी उपरिक्षक जनक भट्टराईले जनाएका छन् ।

अज्ञात समुहद्वारा एनसेलको टावरमा आगजनी

ईलाका प्रहरी कार्यालय ढोढरी, पश्चिम, कोठियाघाट प्रहरी चौकी र धनौरा प्रहरी चौकीबाट करिब २ किमी टाडा रहेको उक्त आगजनीका जानकारी बुधवार बिहान प्रहरीले थाहा पाएको हो । जिल्लामा सूचना आएपछि विहान घटनास्थलमा प्रहरी पुगेको थियो ।


आगजनीको जिम्मा कसैले नलिएपनि नेत्र विक्रम चन्दको नेकपा संलग्न भएको अनुमान प्रहरीको छ । आगजनी गर्नेको खोजी भई रहेको प्रहरीले जनाएको छ । केही दिन यता नेकपाले एनसेलको टावरलाई लक्षित गरि कार्यक्रम सार्वजनिक गरेपछि स्थानीय प्रशासनले सुरक्षा कडा पार्ने निर्देशन दिएको थियो ।


०५२ सालमा तात्कालिन माओवादीले जनयुद्ध शुरु गरेका दिन फागुन १ गते टावरमा आगजनी गरेका हुन् । उक्त घटना सदरमुकाम गुलरियाबाट करिब २२ किमी पश्चिममा पर्द छ ।

प्रकाशित : फाल्गुन २, २०७४ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?