कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ उपसभामुखमा सरस्वती पोखरेल निर्विरोध

लीलावल्लभ घिमिरे

विराटनगर — प्रदेश १ को उपसभामुखमा सरस्वती पोखरेल निर्विरोध निर्वाचित भएकी छन् । मुख्य मन्त्री र सभामुख एमालेको भागमा परेको यो प्रदेशमा उपसभामुख माओवादी केन्द्रको भागमा परेको थियो । 

प्रदेश १ उपसभामुखमा सरस्वती पोखरेल निर्विरोध

उपसभामुखको मनोनयन दर्ताका लागि प्रदेश सचिवालयले बुधबार बिहान १० बजेदेखि ३ बजेसम्मका लागि समय तोकेको थियो । उक्त अवधिमा पोखरेलको मात्रै उम्मेदवारी परेको छ ।


यो प्रदेशमा सभामुखमा सुनसरीका प्रदीपकुमार भण्डारी निर्वाचित भएका थिए । सभामुखमा पनि भण्डारीको मात्रै उम्मेदवारी परेको थियो । निविरोध भएपछि पोखरेलले संवाददाताहरुसँग संघीयताको मर्मअनुसार कानून निर्माण गरी कार्यान्वयन गर्ने बताइन् ।


सुनसरी घर भएकी पोखरेल २०३२ सालमा प्युठानमा जन्मिएकी हुन् । उनले २०४६ सालदेखि राजनीतिमा लागेकी उनी समाजशास्त्रमा स्नातकोत्तर छिन् । २०५४ सालमा एमाले विभाजनपछि मालेमा रहेर काम गरेकी थिइन् । ०५८ सालदेखि माओवादी जनयुद्धमा लागेकी हुन् ।


पोखरेलले माओवादीको संखुवासभाको सेक्रेटरी भइ काम गरी सकेकी छिन् । हाल उनी माओवादी केन्द्रको पोलिटब्युरो सदस्य तथा सुनसरी जिल्लाको संयोजक थिइन । पोखरेल समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य भएकी हुन् ।


प्रकाशित : फाल्गुन २, २०७४ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?