कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरपालिका भवन सार्ने विषयमा झडप

पवन यादव

रौतहट — रौतहटको बृन्दावन नगरपालिकाको कार्यालय सार्ने विषयमा बुधवार बृन्दावन नगरपालिका ३ रामपुरटोल स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ ।

पहिलादेखि सञ्चालन हुँदै आएको नगरपालिकालाई अन्यत्र सार्न पाइदैन भन्दै माग राखी एक सातादेखि स्थानीय आन्दोलित थिए ।


उनीहरुले स्थानीय रामनाथ सहनीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर उनीहरु चरणबद्ध आन्दोलन सुरु गरेका थिए । उनीहरुले नगरपालिकाको मुल गेटमा तालाबन्दी गरी पाँच दिनदेखि निरन्तर धर्ना दिंदै आएका छन् ।


नगरपरिषदको अन्तिम चरणमा रहेको परिषदको अन्तिम बैठक गाउँकै प्राथमिक स्वास्थ्य केन्द्रमा बसी नगरपालिकाको कार्यालय सार्ने निर्ण गरिरहेको सूचना पाएपछि आन्दोलनकारी जुलुससहित बैठक स्थल सम्मआई पुगेका थिए ।


बैठक चलिरहेको स्थानभित्र आन्दोलनकारी छिर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरी र आन्दोलनकारी झडप हुँदा तीन प्रहरी र महिला महिने शिशू गम्भीर घाइते भएका छन् । झडपको क्रममा प्रहरीले २१ राउण्ड टियर ग्यास प्रहार गरेको थियो ।


प्रकाशित : फाल्गुन २, २०७४ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?