३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

दुर्गा खनाल

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त

निर्वाचन आयोगले बुधबार साँझ राष्ट्रपति समक्ष निर्वाचनको परिणाम बुझाए पछि आज एमाले र माओवादी केन्द्रका शीर्ष नेताका साथ राष्ट्रपति कार्यालय पुगेका ओलीले भावी प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।


राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्री ओलीको शपथ ग्रहण बिहीबार दिउँसो ४ बजे हुने भएको छ ।

उनले ३८ ‌औं प्रधानमन्त्रीका रुपमा शपथ लिने छन् ।

प्रकाशित : फाल्गुन ३, २०७४ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?