२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

महिलाको हत्या

कान्तिपुर संवाददाता

पाल्पा — बगनासकाली, २ पोखराथोकमा धारिलो हतियार प्रहार गरी एक महिलाको शुक्रबार हत्या भएको छ । ६५ वर्षीया ईश्वरी भट्टराईको उनकै छिमेकी ६३ वर्षीय विष्णुप्रसाद खनालले हत्या गरेको प्रहरीले जनाएको छ । 

भट्टराईको घरमा उनकी बुहारी मात्र भएका बेलामा खनालले हत्या गरेको जिल्ला प्रहरीका डीएसपी विनोद घिमिरेले जानकारी दिए । हत्या गरी फरार भएका खनाललाई तानसेन नगरपालिका, ६ बर्तुङबाट प्रहरीले पक्राउ गरेको थियो । हत्या के कति कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ ।


प्रकाशित : फाल्गुन ५, २०७४ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?