कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभामा सिफारिस नाम फिर्ता लिने तयारी

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले पूर्ववर्ती सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि सिफारिस गरेका तीन जनाको नाम फिर्ता लिने तयारी गरेको छ ।

राष्ट्रिय सभामा सिफारिस नाम फिर्ता लिने तयारी

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले कृष्ण पौडेल, चाँदनी जोशी र गोपाल बस्नेतलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । त्यो सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छैनन् ।

सचिव प्रदीप ज्ञवालीले नयाँ सरकार बनिसकेकाले विगतमा सिफारिस भएका नाम असान्दर्भिक भएको र अब नयाँ नाम सिफारिस हुने जानकारी दिए । ‘नयाँ सरकारले नयाँ नाम सिफारिस गर्छ,’ ज्ञवालीले भने ।


स्रोतका अनुसार एमाले र माओवादीबीच भागबन्डा गरेर तीन जनाको नाम सिफारिस गरिनेछ । दुई जना एमाले र एक जना माओवादीका तर्फबाट सिफारिस हुने सम्भावना छ ।


प्रकाशित : फाल्गुन ५, २०७४ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?