कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालुवाटारमा आफैंले रोपेको विरुवामा पानी हालेर भित्रिए प्रधानमन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्री निवास बालुवाटार भित्रिएका छन् । 

गत बिहीबार प्रधानमन्त्री चयन भएका ओली अहिलेसम्म भक्तपुर, बालकोटस्थित निजी निवासमा बस्दै आएका थिए ।

बालुवाटारमा आफैंले रोपेको विरुवामा पानी हालेर भित्रिए प्रधानमन्त्री

आइतबार साँझ निवास सर्ने क्रममा बालुवाटारमा एमाले नेता र कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति थियो ।


ओलीले पहिलो पटक प्रधानमन्त्री पदबाट राजीनामा दिई बालुवाटारबाट बाहिरिने क्रममा २०७३ साउन १९ मा बालुवाटारको बगैंचामा पीपलको बिरुवा सारेका थिए । दोस्रो पटक प्रधानमन्त्री बनेर बालुवाटार प्रवेश गरेर उनले पहिलो काम त्यही बिरुवामा पानी हालेका थिए ।



प्रकाशित : फाल्गुन ६, २०७४ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?