कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानन्यायाधीशको नागरिकता छानबिनको माग गर्ने प्रदर्शनकारीहरु पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीशको नागरिकताबारे छानबिन माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि प्रदर्शन गरिरहेका लगभग एक दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानन्यायाधीशको नागरिकता छानबिनको माग गर्ने प्रदर्शनकारीहरु पक्राउ

प्रधानन्यायाधीशको नागरिकताबारे छानबिनको माग गर्दै निवेदन दर्ता गर्न प्रशासन कार्यालय पुगेका डा. गोविन्द केसीको समर्थनमा उनीहरुले बाहिर प्रदर्शन गरिरहँदा पक्राउ गरिएको हो । डा. केसीले प्रशासन कार्यालयभित्र निवेदन दर्ता गराउँदै छन् ।

प्रधानन्यायाधीशको नागरिकता छानबिनलगायतका माग राखी डा. केसी अनशन समेत बसेका थिए । त्यसपछि उनलाई सर्वोच्चकै आदेशमा अनशनस्थलबाट पक्राउ गरिएको थियो । डा. केसीको अदालत अवहेलनासम्बन्धी मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले नै प्रधानन्यायाधीशको नागरिकताको अभिलेख झिकाउन आदेश दिएको थियो ।


प्रकाशित : फाल्गुन ८, २०७४ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?