कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

समृद्धिको ढोका खुल्यो: राष्ट्रपति भण्डारी

कुम्भराज राई

ओखलढुंगा — राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा सामाजिक र आर्थिक समृद्धिको संकल्प पुरा गर्ने अवसर श्रृजना भएको बताएकी छन् । 

समृद्धिको ढोका खुल्यो: राष्ट्रपति भण्डारी

मंगलबार उदयपुरको कटारीस्थित त्रिवेणी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यसका लागि तीनै तहको सरकारले पूर्णता पाउने बित्तिकै बाटो खुल्ला भएको बताइन् । ‘मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ पार्ने जननिर्वाचित संस्थाहरु गठन भइसकेका छन्,’ उनले भनिन्, ‘केन्द्र र प्रदेश सरकार बनेर संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै सामाजिक, आर्थिक समृद्धिमा केन्द्रित बनेर सुखी नेपाली समृद्ध नेपाल निर्माणको संकल्प पुरा गर्ने अवस्था श्रृजना भएको छ ।’

राष्ट्रपति भण्डारीले राज्यका सबै निकायले सामाजिक न्याय र समानतामा आधारित नेपाल निर्माण गर्ने महाअभियानमा दृढ भएर अग्रसर हुने विश्वास लिएको बताइन् । उनले प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने समेत बताइन् । ७ दिनदेखि जारी स्वर्ण जयन्तीको समापन समारोहमा मंगलबार स्मारिका विमोचन तथा स्वर्ण स्मारक समेत अनावरण गरिएको छ ।


प्रकाशित : फाल्गुन ८, २०७४ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?