कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तान दूतावासले गरायो निबन्ध र भाषण प्रतियोगिता

कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तान दूतावासले जनस्तरको सम्बन्ध विस्तार भन्दै काठमाडौंमा निबन्ध लेखन र भाषण प्रतियोगिता आयोजना गरेको छ ।

पाकिस्तान दूतावासले गरायो निबन्ध र भाषण प्रतियोगिता

विश्वविद्यालय र दसजोड दुईमा अध्ययनरत १ हजार ५ सय विद्यार्थी प्रतियोगितामा सहभागी भएको दूतावासले जनाएको छ ।


दुई देशको सम्बन्धब जनस्तरमा विस्तार गर्नका लागि भन्दै दुतावासले केही वर्षदेखि काठमाडौंमा प्रतियोगिता गर्दै आएको छ । बुधबार आयोजित अन्तिम प्रतिस्पर्धामा निबन्धमा ३ जना र भाषणमा ४ जनालाई पुरस्कृत गरिएको पनि दूतावासले विज्ञप्ति जारी गर्दै जनाएको छ । लेखनमा प्रथम, द्वितीय र तृतीय क्रमश: आयुशा भट्टराई, स्माझुता भट्टराई र मालिका हुमागाईं भए ।


भाषण प्रतियोगितामा प्रथम द्वितीय, तृतीय र चौथो हुनेहरु क्रमश: डेनिसा चौलागाई, राहुल देवान, उलिजा सिंह खडका र भावना भण्डारी छन् ।


प्रथम हुनेले ४० हजार, द्वितीय हुनेले ३५ हजार, तृतीय हुनेले ३० हजार र चौथो हुनेले २० हजार र प्रमाणपत्र पाए । उत्कृष्ट १० मा पर्नेहरुले पाँच हजार र प्रमाणपत्र पाए । नेपाल–पाकिस्तान मैत्री समाजका हिमालय शमशेर राणा र राजदूत मजहर जावेदले उनीहरुलाई नगद र प्रमाणपत्र वितरण गरेका थिए ।


प्रकाशित : फाल्गुन ९, २०७४ १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?