कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति निर्वाचन आउँदो फागुन २९ गते

राजेश मिश्र

काठमाडौँ — राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेको हो ।

राष्ट्रपति निर्वाचन आउँदो फागुन २९ गते

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐनले निर्वाचनको मिति घोषणाको अधिकार आयोगलाई दिएको छ । संघीय सदन गठन भएको एक महिना भित्र दुवै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । मिति तय गर्नुपूर्व आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग परामर्श गरेका थिए ।


संवैधानिक प्रावधानहरुका कारण राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक फरक मितिमा गराउनुपर्ने छ । संविधानले राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्गको वा समूदायको प्रतिनिधित्व हुनुपर्ने गरी चयन हुनुपर्ने भनेकाले दुवै चुनाव एकै दिन सम्भव नभएको हो । राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको एक साताभित्र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरिनुपर्ने कानुनी प्रावधान छ ।


राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन संघीय संसद तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने हो । कानूनले संघीय संसद सदस्य मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ ।


आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि फागुन २१ गतेदेखि निर्वाचन कार्यक्रम ल्याइएको छ । फागुन २१ म मतदाता नामावली प्रकाशन हुनेछ । फागुन २३ गते उम्मेदवारको मनोनय दर्ता र २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।


प्रकाशित : फाल्गुन १०, २०७४ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?