कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महेन्द्रराजमार्गमा बस र ट्रक ठोक्किँदा एककाे मृत्यु १५ जना घाइते

नारायण शर्मा

नवलपरासी — महेन्द्रराजमार्ग अन्तरगत नवलपरासीको हरकट्टामा  शुक्रबार २ सवारी एकआपसमा ठोकिएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । १५ यात्रु सामान्य घाइते भएका छन् । 

महेन्द्रराजमार्गमा बस र ट्रक ठोक्किँदा एककाे मृत्यु १५ जना घाइते

जिल्ला प्रहरीका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख १६०५ नम्बरको बस र बुटवलवाट पूर्वतर्फ जाँदै गरेको भारतीय यू.पी .८३ ए.टी .३९६६ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा

बसचालक कपिलबस्तुका जीवन कुमार अधिकारीको मृत्यु भएको हो ।

घटनामा १५ जना घाइते भएका हुन् ।

घाइते ट्रक चालकलाई उपचारका लागि भैरहवा र अन्य घाइतेलाई बुटवल पठाएको प्रहरीले जनाएकाे छ ।


प्रकाशित : फाल्गुन ११, २०७४ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?