कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रड प्रहार गरेर आमाको हत्या

कान्तिपुर संवाददाता

सिरहा — लक्ष्मीपुर पतारी–४ का रामदास तत्माले घरायसी विवादमा रड प्रहार गरी ४५ वर्षीया आमा ज्ञानदेवी दासको हत्या गरेका छन् । बहिनी १६ वर्षीया सुनीता घाइते भएकी छन् ।

रड प्रहारबाट घाइते आमा ज्ञानदेवीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनीताको उपचार भइरहेको छ । प्रहरीले रड प्रहार गर्ने रामदासलाई पक्राउ

गरेको छ ।

प्रकाशित : फाल्गुन १२, २०७४ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?