कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन, विधान अनुमोदन

कुलचन्द्र न्यौपाने

काठमाडौँ — नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकले नेता चिनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाउने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन, विधान अनुमोदन

समितिमा नवीन्द्रराज जोशी र भीष्मराज आङदेम्बे सदस्य रहेका छन् ।


दलको नेता चयन निर्वाचन सम्भवत: पर्सि १५ गते हुने छ । आजको बैठकले संसदीय दलको निर्वाचनको मिति तय गर्ने भनिए पनि तोक्न सकेन ।


यही फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि संसदीय दलको नेता चयन गरिसक्न कांग्रेस लागेको हो । दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । सिंहले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट दलको नेतामा उम्मेदवारी दिन लागेका हुन् ।


बैठकले पार्टीको संसदीय दलको विधान पनि अनुमोदन गरेको छ । कांग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरुको शनिबार बसेको संयुक्त बैठकले कांग्रेस संसदीय दलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।


स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन समीक्षाका लागि छिट्टै अर्को बैठक बोलाउने कांग्रेसले जनाएको छ ।


प्रकाशित : फाल्गुन १३, २०७४ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?