कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

सांसद चौधरीसहित २४ जना अनशनमा

कान्तिपुर संवाददाता

धनगढी — टीकापुर घटनाका मुख्य आरोपी सांसद रेशम चौधरीसहित २४ जना आइतबारदेखि अनशन बसेका छन् । पुर्पक्षका लागि कैलाली कारागारमा राखिएका उनीहरु त्यहीँ अनशन बसेका हुन् । 

‘बन्दीहरूले आइतबार साँझ अनशन सुरु गरेका छन्,’ डीएसपी सागर बोहराले भने, ‘उनीहरू सबै जना टीकापुर काण्डका आरोपी हुन् ।’ उनीहरूले सांसद चौधरीलाई निर्वाचित भएको प्रमाणपत्र दिनुपर्ने, संसद्मा शपथ खान पाउनुपर्ने, टीकापुर घटनाका आरोपी मानिएका २६ जनालाई क्षतिपूर्तिसहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले राखेका माग पूरा गर्नुपर्ने माग राखेको डीएसपी बोहराले जानकारी दिए । घटना लगत्तैदेखि फरार भनिएका चौधरीले गत फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । गत प्रतिनिधिसभा चुनावमा उनी कैलाली क्षेत्र १ बाट प्रतिद्वन्द्वीभन्दा तेब्बर बढी मतले विजयी भएका थिए ।

प्रकाशित : फाल्गुन २१, २०७४ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?