१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

बोक्सी आरोपमा कुटपिट

कान्तिपुर संवाददाता

दाङ — बोक्सी आरोपमा राजपुरमा एक महिलामाथि कुटपिट भएको छ । कुटाइबाट घाइते महिलाको लमही अस्पतालमा उपचार भइरहेको छ । बोक्सीे आरोप लगाउँदै राजपुर गाउँपालिका ७ वनकट्टीकी महिलालाई स्थानीय केही व्यक्तिले शुक्रबार साँझ कुटेर सख्त घाइते बनाएको प्रहरीले बताए ।

घटनामा संलग्नलाई कारबाही माग गर्दै शनिबार मौखिक र आइतबार लिखित जाहेरी परेको छ । आइतबार नै जाहेरी अनुसार मुद्दा दर्ता भएको इलाका प्रहरी गढवाका प्रमुख प्रमोद क्षत्रीले बताए । आरोपीमध्ये तीन जनालाई नियन्त्रणमा लिई अदालतबाट म्याद थपसमेत गराइएको छ । ‘बोक्सी आरोपमा कुटपिट गरेको जाहेरी परेको छ । सोही आधारमा मुद्दा दायर भइसकेको छ,’ उनले भने, ‘तीन जनालाई पक्राउपछि अनुसन्धान सुरु भएको छ । अन्यको भने खोजी भइरहेको छ ।’


बाँकीलाई पनि तत्काल पक्राउ गरी अनुसन्धान थालिने उनले बताए । गाउँमा एक महिला बिरामी भएको र झारफुक गर्दा बोक्सी लागेको आरोप लगाएर आफूमाथि कुटपिट भएको अस्पतालमा उपचाररत पीडित महिलाले बताइन् । ‘म घरमा बसिरहेका बेला एक्कासी केही छिमेकी आएर बाहिर बोलाए । त्यसपछि बोक्सी भनेर जथाभावी कुटे,’ उनले भनिन्, ‘लछारपछार पारेर घाइते बनाए ।’

प्रकाशित : फाल्गुन २१, २०७४ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?