कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आजको संघीय संसद बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने

एमालेबाट प्रधानमन्त्री ओलीको सट्टा नेपालको सम्बोधन
मकर श्रेष्ठ

काठमाडौँ — सोमबारबाट सुरु भएको संघीय संसद् बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

आजको संघीय संसद बैठकमा दलका नेताहरुले सम्बोधन गर्ने

यस्तै आजको बैठकको मुख्य कार्यसूचीमा सभामुख चयनको मिति तय गर्ने, प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गर्ने प्रस्ताव पेश गर्ने, सभामुखको चयनको मिति तोक्ने कार्यक्रम कार्यसूचीमा रहेको संसद सचिवालयले जनाएको छ ।


अन्य दलका नेताले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहे पनि प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी ओलीले भने आजको बैठकलाई सम्बोधन नगर्ने जानकारी दिइएको छ । उनको सट्टा एमाले वरिष्ठ नेता माधव नेपालले बैठकलाई सम्बोधन गर्ने छन् । संसदमा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम गरी ५ दलको मात्रै प्रतिनिधित्व छ ।

प्रकाशित : फाल्गुन २२, २०७४ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?