कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादी केन्द्रका तर्फबाट महरा सभामुखको उम्मेदवार

दुर्गा खनाल

काठमाडौँ — माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुखमा कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । 

माओवादी केन्द्रका तर्फबाट महरा सभामुखको उम्मेदवार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा आज बिहान बसेको शीर्ष नेताहरुको बैठकले महराको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको केन्द्रकी प्रवक्ता पम्फा भुषालले बताइन् ।सभामुख चयनका लागि शुक्रबार सूचना दर्ता र शनिबार प्रतिनिधिसभा बैठकमा निर्वाचन गर्ने कार्यक्रम छ ।

सांसद महरा दाङ-२ बाट निर्वाचित भएका हुन् । उनी माओवादी शान्ति प्रकृयामा अाएदेखि पटकपटक मन्त्री भइसकेका छन् । यसअघिको शेरबहादुर देउवाको सरकारमा समेत उनले उपप्रधान तथा परराष्ट्रमन्त्रीका रुपमा काम गरेका थिए ।

सभामुखमा एमालेका तर्फबाट पूर्वसभामुख सुवास नेम्वाङले पनि दाबी गरिरहेका थिए । दुइटा संविधानसभाको अध्यक्षको रूपमा नेतृत्व गरेको र अन्तरिम संसद्‍को सभामुखको समेत अनुभव भएकाले प्रतिनिधिसभालाई प्रभावकारी बनाउन नेम्वाङको भूमिका बलियो हुने दाबी एमालेका नेताहरूको थियो । तर, दुई दलबीच एकता प्रक्रियाकै क्रममा मुख्य पदहरू बाँडफाँट गर्दा सभामुख आफूले पाउनुपर्ने माओवादीको अडान थियो । त्यही बमोजिम उसले राष्ट्रपतिको दाबी छाडेर एमालेको सिफारिसअनुसार विद्यादेवी भण्डारीलाई समर्थन गरेको छ ।

राष्ट्रपति र प्रधानमन्त्री एमालेको भागमा परेपछि उपराष्ट्रपति र सभामुखमा माओवादी दाबी छ । सभामुख पदका लागि माओवादीभित्र महराबाहेक गिरिराजमणि पोखरेल, देव गुरुङ, पूर्वसभामुख ओनसरी घर्तीलगायतले पनि दौडधुप गरेका थिए ।

प्रकाशित : फाल्गुन २५, २०७४ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?