कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध

औपचारिक घोषणा भोलि
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा सभामुखमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् ।
सभामुखका लागि उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । निर्विरोध भएपनि उनको औपचारिक घोषणा भने भोलि हुनेछ । उनले आज साढे ११ बजे सभामुखको लागि उम्मेदवारी दिएका थिए । 

प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध

उनको उम्मेदवारीमा प्रस्तावक नेकपा एमालेका सुवास नेम्बाङ र समर्थकमा केन्द्रका देव गुरुङ थिए । शुक्रबार बिहान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने घोषण गरेको थियो ।


माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।


सभामुखमा उम्मेदवारी दर्ताको लागि बिहान १० बजेदेखि १ बजेसम्म समय तोकिएको थियो ।

प्रकाशित : फाल्गुन २५, २०७४ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?