कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

रेशम चौधरी काठमाडौं रिफर

चौधरी छुटाउन गृहमन्त्री राजपा नेता भेट
जनकराज सापकोटा, डीआर पन्त

धनगढी — टीकापुर घटनामा पुर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरेको छ । शनिबार दिउँसो अचानक बेहोस भएका चौधरीलाई सेती अञ्चल अस्पताल भर्ना गरिएको थियो ।

रेशम चौधरी काठमाडौं रिफर

उनलाई थप उपचारका लागि काठमाडौं पठाउन लागिएको हो । ‘पिसाबमा रगत आउने र रक्तचाप बढेपछि काठमाडौं रिफर गरिएको हो,’ प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने, ‘पाँच बजेको जहाजबाट केन्द्रीय कारागार काठमाडौं पठाउने तयारी छ ।’


कारागारबाट बेहोस अवस्थामा सेती अञ्चल अस्पताल पुर्‍याइएका चौधरी विस्तारै सामान्य हुँदै गएको उक्त अस्पतालका प्रमुख डा सजन केसीले बताए । ‘आवश्यक ल्याव टेस्‍ट गर्ने सुविधा धनगढीमा नभएकाले रिफर गरिएको हो,’ डा. केसीले भने ।


स्वास्थ्यमा समस्या आएपछि शुक्रबार अस्पताल लगिए पनि चौधरीले उपचार गर्न नमानेपछि कारागार फिर्ता पठाइएको थियो ।


चौधरी छुटाउन गृहमन्त्री राजपा नेता भेट

हिरासतभित्रै अनसनरत चौधरीलाई छुटाउन माग राख्दै राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले गृहमन्त्री रामबहादुर थापासँग भेटवार्ता गरेका छन् ।


चौधरी २०७२ भदौ ७ मा कैलालीमा भएको थरुहट आन्दोलनका क्रममा एसएसपी सहित ७ सुरक्षाकर्मीको हत्या भएको घटनाका मुख्य आरोपी हुन् । उनी भूमिगत रुपमै चुनाव लडेर कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचित भएका थिए । लामो समय भूमिगत रहेका उनले १४ फागुनमा अदालतसमक्ष आत्मसर्मपण गरेका थिए ।


२० फागनुयता कारागारभित्रै अनशन बसेका चौधरीलाई छुटाएर अविलम्ब उपचार प्रक्रिया थाल्न राजपा नेताहरुले गृहमन्त्रीसमक्ष माग राखेका थिए । राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले चौधरीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक भएको भन्दै काठमाडौं ल्याएर उनको उपचार थाल्न र मुद्दा फिर्ता लिएर शपथ ग्रहण गराउने वातावरण निर्माण गर्न माग राखेको बताए । कान्तिपुरसँग कुरा गर्दै महतोले अनशनरत चौधरीको पिसाबमा रगत देखिएको बताए । उनले भने, ‘हाम्रो मागमा गृहमन्त्री सकरात्मक हुनुभएको छ । उहाँले प्रधानमन्त्रीसँग कुरा गरेर समाधानको बाटो खोज्ने बताउनुभएको छ ।’


नेता महतोले गृहमन्त्री आफ्ना मागहरुमा सकरात्मक रहेको बताउँदै मानवीय हिसाबले पनि चौधरीको रिहाईको पहल गर्नुपर्ने र उनको सपथको बाटो खोल्नुपर्ने पक्षमा आफुहरु रहेको बताए ।


प्रकाशित : फाल्गुन २६, २०७४ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?