२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

घाँटी रेटेर युवकको हत्या

कान्तिपुर संवाददाता

निजगढ — धारिलो हतियारले घाँटी रेटेर एक भारतीय नागरिकको हत्या गरिएको छ । बिहारको पूर्वी चम्पारणस्थित सिरहा ग्राम पञ्चायत १२ का २९ वर्षीय अजय माझीको हत्या भएको हो । प्रहरीका अनुसार उनको शव सिम्रौनगढ नगरपालिका ४ हरिहरपुरस्थित गहुँ खेतमा फेला परेको छ । 

धारिलो हतियारले घाँटी रेटेर माझीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक माझी सिम्रौनगढस्थित बुलेट इँटा उद्योगमा काम गर्थे । उनको शव फेला पर्नुभन्दा एक दिन अगाडि सोही इँटा उद्योगमा कार्यरत उनकै गाउँका अन्य मजदुर साथीसँग झगडा भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । ‘घटनापछि उनीसँगै काम गर्ने भारतीय मजदुर फरार छन्,’ उनले भने ।

फरार मजदुरको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान चलिरहेको उनले बताए । ‘फरार मजदुर पक्राउ नपरुन्जेलसम्म केही भन्न मिल्दैन । घटनाबारे सबै कोणबाट अनुसन्धान सुरु गरिएको छ,’ एसपी बैदवारले भने ।

प्रकाशित : फाल्गुन २७, २०७४ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?