३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

युवती बलात्कृत

कान्तिपुर संवाददाता

कपिलवस्तु — साता नबित्दै जिल्लामा बलात्कारको अर्को घटना सार्वजनिक भएको छ । शिवराज नगरपालिका–१० लालपुर शिहरवाकी २४ वर्षीया युवती बलात्कृत भएकी हुन् ।

छिमेकी ३२ वर्षे जैफुल्लाह मनिहारले युवतीलाई घरमै पसेर बलात्कार गरेको पीडित परिवारले जनाएको छ । घटनापछि युवतीका जेठाजुले मनिहारलाई घरभित्रै थुनेका थिए । मनिहारलाई प्रहरीले हिरासतमा राखेको छ ।


पीडित परिवारले मनिहार जबरजस्ती घरभित्र पसेर बलत्कार गरेको जानकारी दिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले बताए । वैदेशिक रोजगारीमा रहेका मनिहार केही दिनअघि मात्र घर फर्केका हुन् । पीडित युवतीका पति पनि वैदेशिक रोजगारीमा छन् ।


योसँगै जिल्लामा एकै साता बलात्कारका तीन घटना भएका छन् । गत शनिबार कपिलवस्तु नगरपालिका–१० कटुवाकी ७ वर्षे नाबालिकामाथि बलात्कार प्रयास भएको थियो । त्यसअघि मंगलबार कपिलवस्तु नगरपालिका–५ दलदलहाकी ५ वर्षे बालिका बलात्कृत भएकी थिइन् ।

प्रकाशित : फाल्गुन २७, २०७४ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?