कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विमान दुर्घट्नामा मृत्यु भएका २० को शव निकालियो

कान्तिपुर संवाददाता

काठमाडौँ — यूएस बंगला विमान दुर्घट्नामा हालसम्म २० जनाको शव निकालिएको छ भने १२ जनालाई उपचारका लागि उद्दार गरेर पठाइएको छ।

विमान दुर्घट्नामा मृत्यु भएका २० को शव निकालियो

स्रोतका अनुसार शवलाई अहिले दुर्घट्नास्थलबाट निकालेर नजिकैको रनवेमा राखिएको छ । घाइतेहरुलाई नजिकैको काठमाडौं मेडिकल कलेज, नर्भिक अस्पताललगायतमा उपचारको लागि लगिएको छ ।


विमानमा ६७ यात्रु रहेको बताइएको छ । उद्दार कार्य जारी छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा बिराटनगरका बसन्त बोहोरा, काठमाडौंका अशिस रंजित र दिनेश हुमागाईको उपचार भइहरहेको छ ।

उपचारका लागि काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएकाहरु गम्भिर रहेको त्यहाँ रहेका हाम्रा संवाददाताले उल्लेख गरेका छन् । अधिकांश बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।



प्रकाशित : फाल्गुन २८, २०७४ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?